क्यानले पायो आईसीसीबाट महत्वपूर्ण अवार्ड

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) नेपाल क्रिकेट संघ (क्यान) लाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्रदान गरेको छ ।

आईसीसीले नेपाललाई एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड प्रदान गरेको हो ।

आईसीसीका अनुसार कोरोनाका बेला पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई उच्च मूल्यांकन गर्दै इनिसियटिभ अफ द इयर अवार्ड प्रदान गरिएको हो ।

यो अवार्ड नेपालबाहेक नामिबिया, अर्जेन्टिना, भानुता र इटालीलाई पनि दिइएको छ ।

क्षेत्रीय अवार्ड विजेता नेपालसहित पाँच राष्ट्र आईसीसी ग्लोबल अवार्डका लागि समेत छनोट भएका छन् ।

आईसीसीले ४ ग्लोबल अवार्ड विजेताको घोषणा भने अप्रिल २० मा घोषणा गर्ने जनाएको छ ।

Loading...