पाडिकक्लका क्रिकेट ‘आइडल’ काे?

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट आईपीएल खेल्ने ओपनिङ ब्याट्सम्यान देवदत्त पाडिक्कलले आफ्ना क्रिकेट आदर्श अर्थात् आइडलको नाम बताएका छन् ।

तपाइको क्रिकेट आदर्श को हुन् भनेर सोधिएको प्रश्नमा २१ वर्षीय पाडिक्कलले भारतीय टिमका पूर्वओपनर गौतम गम्भीरको नाम लिए ।

टाइम्स अफ इण्डियासँगको कुराकानीमा उनले आफू जहिले पनि सबै क्रिकेटरबाट सिक्ने इच्छा राख्ने गरेको बताए । यद्यपि पाडिक्कलले गौतम गम्भीरको क्रिकेट देखेर अझ बढी प्रेरित भएको बताए ।

‘गम्भीरले पनि क्रिकेटबाट भारतलाई महत्वपूर्ण योगदान दिनुभएको छ, उहाँको ब्याटिङ मलाई मन पर्छ । हाल पनि उहाँका भिडियो हेर्छु । गम्भीर मेरो रोल मोडल हुन्,’ पाडिक्कलले भनेका छन् ।

हालै मात्र कोरोना संक्रमण पुष्टि भएका पाडिक्कलको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनले या सिजनको विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका थिए ।

सो प्रतियोगितामा पाडिक्ललले लगातार चार शतक बनाएका थिए । उनले गत वर्ष मात्र आईपीएलमा डेब्यू गरेका थिए ।

डेब्यू सिजनमै पाडिक्लले आरसीबीका लागि सर्वाधिक रन बनाए ।

उनले आईपीएल २०२० मा पाँच अर्धशतकको मद्दतमा १२४.८० को स्ट्राइक रेटमा ४ सय ७३ रन बनाएका थिए ।

Loading...