आरसीबीका अर्का महत्वपूर्ण खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं- आईपीएल सुरू हुन दुई दिन बाँकी रहेको अवस्थामा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का अर्का महत्वपूर्ण खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा अलराउन्डर डानियल साम्स रहेका छन् । साम्सलाई आईपीएल २०२१ का लागि दिल्ली क्यापिटल्सले आरसीबीलाई बिक्री गरेको थिए ।

यसअघि आरसीबी युवा ब्याट्सम्यान देवदत्त पाडिक्कललाई पनि कोरोना पुष्टि भएको थियो । यद्यपि उनको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

आरसीबीले पहिलो म्याचमा शुक्रबार मुम्बई इण्डियन्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।

Loading...