पारसको वरियतामा सुधार, यस्तो छ सन्दीपको स्थान

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी-२० वरियता सार्वजनिक गरेको छ ।

नयाँ वरियताको ब्याटिङतर्फ नेपाली टिमका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले एक स्थान सुधार गरेका छन् ।

यसअघि ७१ औँमा रहेका पारस एक स्थान सुधार गरेर ७० औँ स्थानमा उक्लिएका छन् । उनको टी-२० रेटिङ चार सय रहेको छ । ब्याटिङमा पारसको उत्कृष्ट वरियता ४२औँ स्थान हो ।

कोरोना कारण नेपालले पछिल्लो एक वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेल्न पाएको छैन ।

जसकारण पनि नेपाली खेलाडीको वरियतामा व्यापक सुधार गर्न सकेका छैनन् ।

नेपाली टिमका स्पिनर सन्दीप लामिछाने भने एक स्थान तल खस्किएका छन् । यसअघि ८२ औँमा रहेका उनी ८३ औँ स्थानमा खस्किएका छन् ।

Loading...