यी ३ भारतीय बलर : जसले वानडे क्रिकेटमा धेरै रन खर्चिए

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले टेष्ट, वानडे र टी-२० गरी तीन वटा प्रारुप छन् । क्रिकेटमा खेलाडीले बलिङ, ब्याटिङ, फिल्डिङ तथा विभिन्न विधाबाट विभिन्न कीर्तिमान आफ्नो नाममा बनाउँछन् । अहिले पनि यो शिलशिला जारी छ ।

क्रिकेटमा खेलाडीले राम्रासँगै खराब कीर्तिमान पनि बनाइरहेका छन् । यसैबीच आज एकदिवसीय क्रिकेटमा सर्वाधिक रन दिने तीन भारतीय बलरको चर्चा गर्दैछौँ :

१. अनिल कुम्बले : यो सूचीको शीर्ष स्थानमा भारतीय टिमका पूर्वलोकप्रिय बलर अनिल कुम्बलेको नाम आउँछ । उनको नाममा भारतको तर्फबाट एक वानडे म्याचमा सबैभन्दा बढी रन दिने खराब कीर्तिमान छ ।

कुम्बलेले भारतका लागि धेरै वर्ष अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । जसमा उनले कयौँ पटक भारतलाई म्याच जिताएका थिए ।

उनले टेस्ट म्याचमा भारतको तर्फबाट सबैभन्दा बढी विकेट पनि लिएका छन् । तर, कुम्बलेले कयौँ पटक वानडे म्याचमा धेरै रन पनि दिएका छन् ।

कुम्बलेले भारतका लागि १९९० देखि २००७ सम्म कुल २ सय ७१ वानडे म्याच खेलेका थिए । जस क्रममा उनले १० हजार ४ सय १२ रन दिएका थिए । उनले आफ्नो एकदिवसीय क्रिकेट करियरमा ३ सय ३७ विकेट लिएका छन् ।

२. हरभजन सिंह : हरभजन भारतीय क्रिकेट टिमका लोकप्रिय स्पिनर हुन् । तर, उनले आफ्नो अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा भने धेरै रन खर्चिएका छन् ।

हरभजनले १९९८ देखि २०१५ सम्मको आफ्नो वानडे करियरमा कुल २ सय ३६ म्याच खेलेका थिए । जसक्रममा उनले ८ हजार ९ सय ७३ रन दिँदै २ सय ६९ विकेट पनि लिएका छन् ।

सन्यास नलिए पनि हरभजन केही वर्षयता भारतीय टिममा मौका पाउनबाट बञ्चित भइरहेका छन् । यद्यपि उनी आइपीएल भने खेलिरहेका छन् ।

३. जवागल श्रीनाथ : यो सूचीको तेस्रो स्थानमा भारतीय पूर्वबलर जवागल श्रीनाथको नाम आउँछ । उनले आफ्नो समयमा भारतीय टिमका लागि शानदार प्रदर्शन गरेका थिए ।

श्रीनाथले भारतका लागि १९९१ देखि २००३ सम्म २ सय २९ वानडे म्याच खेलेका थिए । यसक्रममा उनले ८ हजार ८ सय ४४ रच खर्चिएका थिए । श्रीनाथले आफ्नो वानडे करियरमा ३ सय १५ विकेट हासिल गरेका छन् ।

Loading...