आईपीएल : मुम्बईविरुद्ध यस्तो हुन सक्छ आरसीबीको प्लेइङ-११

काठमाडौं- आईपीएलको १४औँ संस्करण भोलिदेखि सुरू हुँदैछ । यो पटक उद्घाटन म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र गत विजेता मुम्बई इण्डियन्स खेल्ने छन् ।

हालसम्म आरसीबीले एक पटक पनि उपाधि हात पार्न सकेको छैन । पटकपटक फाइनलमा पुग्दा पनि आरसीबीले उपाधि जित्न नसकेको हो ।

आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ । टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन ।

यो पटक पनि आरसीबीमा केही चर्चित क्रिकेटर जोडिएका छन् ।

ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ ।

आरसीबी र मुम्बईबीचको पहिलो म्याच शुक्रबार नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।

पहिलो म्याचमा आरसीबीको सम्भावित प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, एबी डीविलियर्स (विकेटकीपर), ग्लेन म्याक्सवेल, सचिन बेबी, वासिङ्टन सुन्दर, मोहम्मद अजहरुद्दीन, नवदीप सैनी, काइल जेमिसन, युजवेन्द्र चहल र केन रिचर्डसन ।

Loading...