भारत र इंग्ल्याण्डसँग टेष्ट खेल्ने न्यूजिल्याण्डको टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं- न्यूजिल्याण्डले इंग्ल्याण्डसँगको टेष्ट सिरिज र च्याम्पियनशिपको फाइनलका लागि टोली घोषणा गरेको छ ।

न्यूजिल्याण्डले बुधबार राति केन विलियम्सनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा पहिलो पटक डेभन कोनवे, सचिन रवीन्द्र र ज्याकव डफीलाई समावेश गरिएको छ । कोनवेले पछिल्ला समय वानडे र टी-२० प्रारूपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

जसकारण उनले टेष्ट टिममा पनि अवसर पाएका हुन् ।

न्यूजिल्याण्ड र इंग्ल्याण्डबीचको दुई खेलको टेष्ट सिरिज २ जुनदेखि १४ जुनसम्म हुनेछ । इंग्ल्याण्डसँगको टेष्ट सिरिजलगत्तै १८ जुनमा न्यूजिल्याण्डले भारतसँग टेष्ट च्याम्पियनशिपको फाइनल म्याच खेल्ने छ ।

च्याम्पियनशिपको फाइनल म्याच साउथह्याम्टनमा हुनेछ ।

इंग्ल्याण्ड र भारतसँग टेष्ट खेल्ने न्यूजिल्याण्डको टोली : केन विलियम्सन (कप्तान), विजे वाटलिङ (विकेटकीपर), रस टेलर, डेवन कोनवे, हेनरी निकोल्स, टम लाथम, डक ब्रासवेल, डारियल मिचेल, मिचेल सान्टनर, म्याट हेनरी, कोलिन डी ग्रान्डहोम, विल योङ, टम ब्लन्डल, कायल जेमिसन, निल वाग्नर, टिम साउथी, ट्रेन्ट बोल्ट, अजीज पटेल, ज्याकव डफी र सचिन रवीन्द्र ।

Loading...