आईपीएल : पहिलो म्याचमा यस्तो हुन सक्छ हैदराबादको प्लेइङ-११

काठमाडौं : पूर्व भारतीय खेलाडी तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले सनराइजर्स हैदराबादको सम्भावित प्लेइङ-११ को चयन गरेकाछन् ।

चोपडाले आफ्नो युट्युव च्यानलमा सेयर गरेको भिडियो मार्फत हैदराबादको ११ को चयन गरेका हुन् ।

आकाशले आफ्नो टिमको ओपनिङको जिम्मा डेविड वार्नर र रिद्धिमान साहालाई दिएकाछन् । उनले भने ‘साहाले पछिल्लो आईपीएल सिजनमा एकदमै राम्रो ब्याटिङ गरेका थिए । त्यसैले मैले ओपनिङको जिम्मा जोनी बेयरिस्टोलाई नदिएर रिद्धिमानलाई दिएको हूँ ।

आकाशले तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमश केन विलियम्सन, मनिस पाण्डे र केदार जादवलाई आफ्नो टिममा समावेश गरेकाछन् ।

त्यस्तै, छैठौँ स्थानको लागि विक्लप धेरै भएकाले आकाशले विजय शंकर, अभिषेक शर्मा र अब्दुल समदमध्ये एकलाई राखेकाछन् ।

चोपडाले बलिङको रुपमा राशिद खान, जेसन होल्डर, भुवनेश्वर कुमार, टी नटराजन र सन्दीप शर्मालाई आफ्नो टिममा समावेश गरेकाछन् ।

आकाश चोपडाले चयन गरेको सनराइजर्स हैदराबादको प्लेइङ-११ : डेविड वार्नर, रिरिद्धमान साहा, केन विलियम्सन, मनिष पाण्डे, केदार जाधव, विजय शंकर/अभिषेक शर्मा /अब्दुल समद, जेसन होल्डर, राशिद खान, भुवनश्वर कुमार, टी नटराजन र सन्दीप शर्मा ।

 

Loading...