आजदेखि आईपीएल सुरू, यस्तो हुन सक्छ आरसीबी र मुम्बईको प्लेइङ-११

काठमाडौं- आईपीएलको १४औँ संस्करण आजदेखि सुरू हुँदैछ । यो पटक उद्घाटन म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र गत सिजनको विजेता मुम्बई इण्डियन्स खेल्ने छन् ।

हालसम्म मुम्बईले पाँच पटक उपाधि जितेको छ । आरसीबीले भने एक पटक पनि उपाधि हात पार्न सकेको छैन ।

आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ । टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन ।

यो पटक पनि आरसीबीमा केही चर्चित क्रिकेटर जोडिएका छन् ।

ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ ।

मुम्बईले यो पटक अक्सनबाट पियूष चावला, जिमी नीशम, एडम मिल्नेलगायतलाई अनुबन्ध गरेको थियो ।

आरसीबी र मुम्बईबीचको पहिलो म्याच शुक्रबार नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।

Loading...