आईपीएल : रोहित शर्मालाई तीन कीर्तिमान बनाउने मौका

काठमाडौं- रोहित शर्मा आईपीएल इतिहासकै सबैभन्दा सफल कप्तान हुन् । उनको नेतृत्वमा मुम्बईले हालसम्म पाँच पटक आईपीएल ट्रफी जितिसकेको छ ।

रोहितकाे कप्तानीमा मुम्बईले पहिलोपटक सन् २०१३ मा उपाधि जितेको थियो ।

रोहितको कप्तानीमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा ट्रफी आफ्नो नाममा गरेको छ ।

आईपीएलको १४ औँ सिजन अथात् यो सिजनको आईपीएलमा मुम्बईलाई ट्रफी जितेर ह्याट्रिक गर्ने माैका छ ।

रोहित आईपीएलका सफल कप्तानका साथै एक सफल ब्याट्सम्यान पनि हुन् । उनले आजसम्म २ सय म्याचमा ३१.३२ को औसतमा ५ हजारभन्दा बढी रन बनाइसकेका छन् ।

उनी आईपीएलको हरेक सिजनमा नयाँनयाँ कीर्तिमान आफ्नो नाममा गर्दै आइरहेका छन् ।

रोहितलाई यो सिजनको आईपीएलमा पनि नयाँ कीर्तिमान बनाउने मौका । उनी यो सिजनको आईपीएलमा तीन ठूला कीर्तिमान आफ्नो नाममा गर्न सक्छन्-

१. आईपीएलमा ६ हजार रन पूरा गर्ने मौका

रोहित यो सिजनको आईपीएलमा आफ्नो टिम मुम्बईका लागि ओपनिङमा आउने छन् । त्यसैले उनलाई धेरै बल खेल्ने मौका छ ।

रोहितको ब्याट यो सिजनमा चल्छ भने उनी आईपीएलमा आफ्नो ६ हजार रन पनि पूरा गर्न सक्छन् । रोहितले आजसम्म आईपीएलमा ५ हजार २ सय ३० रन बनाइ सकेका छन् ।

रोहित यदि यो सिजनमा ७ सय ७० रन बनाउँ छन् भने उनी आफ्नो ६ हजार रन पूरा गर्ने छन् ।

२. विराटलाई उछिन्ने मौका

आईपीएल इतिहासमा आजसम्म सबैभन्दा बढी नटआउट रहने खेलाडी आरसीबीका कप्तान विराट कोहली हुन् । उनी हालसम्म १ सय ८४ म्याचमा ३० पटक नटआउट रहेका छन् ।

मुम्बई इण्डियन्सका कप्तान रोहित आजसम्म २ सय म्याचको १ सय ९५ पारीमा २८ पटक नटआउट रहेका छन् । यो सिजनको आईपीएलमा उनी विराटको यो कीर्तिमान आफ्नो नाममा गर्न सक्छन् ।

३. ओरेन्ज क्याप जित्ने मौका

रोहित सन् २००८ देखि आजसम्म लगातार आईपीएल खेलिरहेका छन् । तर, उनले आजसम्म एक पटक पनि ओरेन्ज क्याप जित्न भने सकेका छैनन् ।

रोहित यो सिजनमा ओरेन्ज क्याप आफ्नो नाममा गर्न चाहन्छन् । आईपीएलको १४ औँ सिजनभन्दा अगाडि उनी शानदार लयमा रहेका छन् ।

रोहितले इंग्ल्याण्डविरुद्धको टेष्ट, टी-२० र वानडे म्याचमको तीनै सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।

उनी यो सिजनमा सबैभन्दा बढी रन बनाएर ओरेन्ज क्याप आफ्नो नाममा गर्न सक्छन् ।

Loading...