पूर्वकप्तान गावस्करले छाने आईपीएल-११, ‘हिटम्यान’सहित यी खेलाडीलाई दिए मौका

काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले आफूलाई मनपर्ने ‘अल टाइम’ आईपीएल-११ छानेका छन् ।

गावस्करले स्टार स्पोर्ट्सको एक कार्यक्रमका क्रममा आफूलाई मनपर्ने ‘अल टाइम’ आईपीएल-११ छानेका गरेका हुन् ।

टोलीमा गावस्करले चार विदेशी र सात भारतीय खेलाडीलाई मौका दिएका छन् । उनले रोहित शर्मा, विराट कोहली र महेन्द्र सिंह धोनीलगायतका खेलाडीलाई आफ्नो टिममा स्थान दिएका छन् ।

गावस्करले धोनीलाई अल टाइम आईपीएल-११ लागि टोलीको कप्तानको रूपमा चयन गरेका छन् । चेन्नईले धोनीको कप्तानीमा तीन पटक उपाधि जितेको छ ।

एमएस धोनीले आईपीएलमा हालसम्म १ सय ८८ खेलको कप्तानी गरिसकेका छन् । जसमा उनले १ सय १० खेल जितेका छन् । उनी यस लिगका सबैभन्दा सफल कप्तान हुन् ।

उनले रोहित शर्मा र क्रिस गेललाई आफ्नो टीमका लागि ओपनर ब्याट्सम्यानको रूपमा छनोट गरेका छन्। उनले डेभिड वार्नरलाई तेस्रो नम्बर र विराट कोहलीलाई चौथौं नम्बरमा राखेका छन् ।

गावस्करले सीएसकेका लागि सबैभन्दा बढी रन बनाउने सुरेश रैनालाई आफ्नो टोलीमा पाँचौं नम्बरमा राखेका छन् भने एबी डिभिलियर्सलाई छैटौं स्थानमा राखेका छन् ।

धोनीलाई फिनिशरका रूपमा सातौं स्थानमा मौका दिएका छन् । धोनीले टिममा कप्तान र विकेटकीपरको भूमिका पनि निभाउनेछन् ।

उनले आफ्नो टिममा दुई स्पिन अलराउन्डरलाई पनि मौका दिएका छन् । जसमा रवीन्द्र जडेजा र सुनील नारायण रहेका छन् । यी दुबै खेलाडी राम्रो ब्याटिङ र बलिङ गर्छन् ।

गावस्करले टोलीमा तीन तीव्रगतिका बलरलाई समावेश गरेका छन् । जसमा जसप्रीत बुमराह र भुवनेश्वर कुमार रहेका छन् । साथै उनले फास्ट बलर लसिथ मलिंगालाई १२औँ खेलाडीको रूपमा समावेश गरेका छन् ।

गावस्करले छानेको ‘अल टाइम’ आईपीएल-११ : रोहित शर्मा, क्रिस गेल, डेविड वार्नर, विराट कोहली, सुरेश रैना, एबी डिविलियर्स, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, सुनील नरेन, भुवनेश्वर कुमार, जसप्रीत बुमराह र लसिथ मलिंगा ।

Loading...