आरसीबीले टस जित्यो, यस्तो छ दुवै टिमको प्लेइङ-११

काठमाडौं- १४ औँ सिजनको आईपीएलको पहिलो म्याचमा मुम्बई इण्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको म्याच ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुँदैछ ।

हालसम्म मुम्बईले पाँच पटक उपाधि जितेको छ । आरसीबीले भने एक पटक पनि उपाधि हात पार्न सकेको छैन ।

आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ । टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन ।

यो पटक पनि आरसीबीमा केही चर्चित क्रिकेटर जोडिएका छन् ।

ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ ।

मुम्बईले यो पटक अक्सनबाट पियूष चावला, जिमी नीशम, एडम मिल्नेलगायतलाई अनुबन्ध गरेको थियो ।

हेड-टू-हेड

आईपीएलमा आरसीबीविरुद्ध मुम्बई हाबी नै रहने गर्छ । हालसम्म यी दुई टिमबीच २७ म्याच भएका छन् । जसमा मुम्बईले १७ र आरसीबीले १० म्याच जितेका छन् ।

आरसीबीसँगको पछिल्लो १० म्याचमा मुम्बई ८ पटक विजयी भएको छ । आईपीएल २०२० मा आरसीबी र मुम्बईबीच दुई म्याचमा प्रतिस्पर्धा गरेका थिए । जहाँ दुवै टिमले एक/एक खेल जितेका थिए ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्रिस लिन, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, कुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), रजत पाटीदार, एबी डिभिलियर्स, ग्लेन म्याक्सवेल, कायल जेमिसन, डान क्रिस्टियन, वाशिङ्टन सुन्दर, हर्षल पटेल, मोहम्मद अजहरुद्दीन, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

Loading...