आरसीबीले १४औँ सिजनको आईपीएल उपाधि जित्ला? यस्तो बन्यो पूर्ण टिम

काठमाडौं- आईपीएल २०२१ को लागि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले अक्सनबाट आठ खेलाडी भित्र्याएको छ । उसले बिहीबार चेन्नईमा भएको अक्सनबाट महँगो मूल्यमा खेलाडी भित्र्याएको हो ।

आरसीबीले न्यूजिल्याण्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जेमिसनमाथि मात्र १५ करोड भारु खर्चेको छ ।

त्यस्तै, आरसीबीले ग्लेन म्याक्सेवललाई १४ करोड २५ लाख भारु खर्चेर टिममा अनुबन्ध गरेको छ । उनीहरूका साथै आरसीबीले डानियल क्रिस्टियन, मोहम्मद अजहरुद्दीन, केएस भरत, सचिन बेबी, रजद पाटीदार, सुयश प्रभुदेशाईंलाई पनि टिममा भित्र्याएको छ ।

हालसम्म टिममा कयौँ स्टार खेलाडी जोडिँदा पनि विराट कोहली नेतृत्वको आरसीबीले आईपीएल उपाधि जित्न सकेको छैन ।

यो पटक टिममा चर्चित खेलाडी जोडिएकाले आरसीबीले पहिलो पटक आईपीएल ट्रफी हात पार्ने लक्ष्य बनाएको छ ।

आरसीबीको पूर्ण टिम : विराट कोहली (कप्तान), एबी डीभिलियर्स, देवदत्त पाडिक्कल, मोहम्मद सिराज, नवदीप सैनी, वाशिङ्गटन सुन्दर, युजवेन्द्र चहल, जोश फिलिप्स, पवन देशपाण्डे, शाहबाज अहमद, एडम जम्पा, केन रिचर्डसन, ग्लेन म्याक्सेव, काइल जेमिसन, सचिन बेबी, रजत पाटीदार, मोहम्मद अजहरुद्दीन, डानियलल क्रिस्टियन, सुयश प्रभुदेसाई, डानियल साम्स, केएस भरत र हर्शल पटेल ।

Loading...