भारतमा क्रिकेट : दोस्रो खेलमा पुलिस क्लबको उत्कृष्ट सुरुवात

काठमाडौं- भारतको सिक्किममा जारी कञ्चनजंघा सिल्ड ‘ए’ डिभिजन लिगअन्तर्गत दोस्रो खेलमा रोयल नर्थन ब्रदर्सविरुद्ध नेपाल पुलिस क्लब उत्कृष्ट सुरुवात गरेको छ ।

पुलिसले १२ ओभरको खेल समाप्तिमा दुई विकेट लिएर ५० रन दिएको छ ।

नेपाल पुलिसलाई पहिलो सफलता गुल्शनकुमार झाले दिलाए । उनले विनायरायण नायरलाई ५ रनमा आउट गर्दै पुलिसलाई पहिलो सफलता दिलाए ।

त्यस्तै, राशिद खानले जैम्सा लेप्चालाई एक रनमा आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।

पहिलो खेलमा नेपाल पुलिसले व्हाइट कोन्चलाई १० विकेटले हराएको थियो । कोन्चले दिएको ६३ रनको लक्ष्य पुलिसले ७.४ बिनाविकेट पूरा गर्‍यो ।

पुलिसका लागि सुनिल धमलाले २९ र अमित श्रेष्ठले अविजित २१ रन बनाए ।

त्यसअघि, सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ गरेको कोन्चले २४।५ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र जोडेको थियो ।

उसका लागि विनित कुमारले सर्वाधिक २३ रन बनाए । उसका ९ ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा पुलिसका राशिद खान, सागर ढकाल, अनिल खरेलले दुई/दुई, योगेन्द्रसिंह कार्की र गुलशन झाले एक/एक विकेट हात पारे ।

यो लिगमा १० वटा टिमले भाग लिएका छन् ।

त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लब हुन् भने नेपालबाट नेपाल पुलिस क्लब सहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रूपमा लिगमा सहभागी छन् ।

Loading...