चेन्नईले दियो विशाल लक्ष्य, सामले पिटे आफ्नै दाई!

काठमाडौं- १४औँ सिजनको आईपीएलको दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले दिल्ली क्यापिटल्सलाई १ सय ८९ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

उसका लागि सुरेश रैनाले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्कासहित ५४ रन बनाए ।

त्यस्तै, मोइन अलीले ३६, अम्बाती रायडूले २३ रनको योगदान दिए । अलराउन्डर साम करनले आक्रामक ब्याटिङ गरे ।

उनले १५ बलमा दुई छक्का र चार चौकासहित ३४ रन बनाए ।

करनले खेलको १९औँ ओभरमा आक्रामक ब्याटिङ गरे । यो ओभरमा उकना दाई टम करनले बलिङ गरिरहेका थिए ।

उनले आफ्नो दाईको यो ओभरमा दुई लगातार छक्का र एक चौका हिर्काए । यो ओभरमा टमले कूल २३ रन खर्चिए ।

त्यस्तै, रवीन्द्र जडेजा २६ रनमा अविजित रहे ।

बलिङमा आवेश खान, क्रिस वक्सले दुई/दुई, रवीचन्द्रन आश्विन र टम करनले एक/एक विकेट हात पारे ।

Loading...