केकेआरको सामना गर्दै हैदराबाद, यस्तो छ दुवैको सम्भावित-११

काठमाडौं- भारतमा जारी आईपीएलको १४औँ सिजनअन्तर्गत तेस्रो खेलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।

गत सिजनमा केकेआरले लिगको बीचमै दिनेश कार्तिकलाई हटाउँदै कप्तानमा इयोन मोर्गनलाई चयन गर्‍यो ।

आईपीएल २०२० मा गरेका गल्तीलाई सुधार गर्दै दुई पटकको उपाधि विजेता केकेआरले आईपीएल २०२१ मा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ ।

यो पटक उसले अक्सनबाट शाकिवअल हसन, हरभजनसिंह जस्ता अनुभवी खेलाडी अनुबन्ध गरेको छ ।

केकेआरले आसन्न संस्करणमा पहिलो म्याचमा सनराइजर्स हैदराबादको सामना गर्नेछ । यी दुई टिमबीचको म्याच ११ अप्रिलमा चेन्नईमा हुनेछ ।

हैदराबादमा यो पटक पनि अष्ट्रेलिया क्रिकेटर डेविड वार्नर कप्तान छन् । गत सिजनमा हैदराबाद अन्तिम चारमा पुगेको थियो । हैदराबादले हालसम्म एक पटक आईपीएल ट्रफी जितेको छ ।

दोस्रो पटक आईपीएल उपाधि हात पार्न हैदराबाद यो पटक पूरा कोशिस गर्नेछ । गत सिजनमा लिगको बीचमा भुवनेश्वर कुमार घाइते हुँदा हैदराबादलाई ठूलो घाटा लागेको थियो ।

यो पटक भने भुवनेश्वर फिट भइसकेका छन् । र, उत्कृष्ट लयमा पनि छन् । हालै मात्र उनले इंग्ल्याण्डविरुद्धको वानडे सिरिजमा घातक बलिङ गरेका थिए ।

साथै, हैदराबादले अक्सनबाट केदार जाधव, मुजीबउर रहमानलगायतलाई अनुबन्ध गरेको छ ।

केकेआरको सम्भावित प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी/वेन्कटेश अय्यर, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, सुनील नारायण/शाकिब अल हसन, प्याट कमिन्स, शिवम मावी/हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनी बेयरिस्टो (विकेटकीपर), मनीष पाण्डे, केन विलियमसन, विजय शंकर/अभिषेक शर्मा, केदार जाधव, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र टी नटराजन ।

Loading...