आईपीएल : धोनीलाई १२ लाख भारु जरिवाना

काठमाडौं- आईपीएल टिम चेन्नई सुपर किंग्स (सीएसके)का कप्तान महेन्द्रसिंह धोनीलाई १२ लाख भारु जरिवाना गरिएको छ ।

स्लो ओभर रेटका कारण उनलाई बीसीसीआईले १२ लाख भारु जरिवाना गरेको हो ।

गएराति दिल्ली क्यापिटल्सविरुद्धको खेलमा चेन्नईले निर्धारित समयमा इनिङ्स समाप्त नगरेको भन्दै धोनीमाथि १२ लाख जरिवाना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बीसीसीआईले यो सिजनदेखि एक टिमलाई ९० मिनेटको समय दिने नियम बनाएको छ ।

चेन्नईले यो समयभित्र इनिङ्स समाप्त नगरेको भन्दै धोनीमाथि जरिवाना लागेको हो । धोनीलाई जरिवाना लागेको खेलमा चेन्नई ७ विकेटले पराजित भयो ।

पहिलो खेलमा धोनी शून्यमै आउट भए । उनलाई आवेश खानले क्लिन बोल्ड गरेका थिए ।

Loading...