केकेआर भर्सेस हैदराबाद : विलियम्सनसहित यी स्टारले पाएनन् प्लेइङ-११ मा मौका

काठमाडौं- भारतमा जारी आईपीएलको १४औँ सिजनअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुँदैछ ।

पहिलो खेलमा केकेआरका सुनिल नारायण, बेन कटिङ, लोकी फर्गुसन, टिम साइफर्ट जस्ता विदेशी स्टार क्रिकेटले प्लेइङ-११ मा मौका पाएनन् ।

त्यस्तै, हैदराबादका केन विलियम्सन, जेसन होल्डर, मुजीबउर रहमान जस्ता नाम चलेका स्टार विदेशी खेलाडी पहिलो म्याचमा प्लेइङ-११ को हिस्सा छैनन् ।

आईपीएल २०२० मा गरेका गल्तीलाई सुधार गर्दै दुई पटकको उपाधि विजेता केकेआरले आईपीएल २०२१ मा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ ।

हैदराबादमा यो पटक पनि अष्ट्रेलिया क्रिकेटर डेविड वार्नर कप्तान छन् । गत सिजनमा हैदराबाद अन्तिम चारमा पुगेको थियो । हैदराबादले हालसम्म एक पटक आईपीएल ट्रफी जितेको छ ।

दोस्रो पटक आईपीएल उपाधि हात पार्न हैदराबाद यो पटक पूरा कोशिस गर्नेछ । गत सिजनमा लिगको बीचमा भुवनेश्वर कुमार घाइते हुँदा हैदराबादलाई ठूलो घाटा लागेको थियो ।

यो पटक भने भुवनेश्वर फिट भइसकेका छन् । र, उत्कृष्ट लयमा पनि छन् । हालै मात्र उनले इंग्ल्याण्डविरुद्धको वानडे सिरिजमा घातक बलिङ गरेका थिए ।

साथै, हैदराबादले अक्सनबाट केदार जाधव, मुजीबउर रहमानलगायतलाई अनुबन्ध गरेको छ ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनी बेयरिस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, केदार जाधव, अब्दुल समद, मोहम्मद नाबी र राशिद खान राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र टी नटराजन ।

Loading...