केकेआरले दियो विशाल लक्ष्य, राशिदको किफायती बलिङ

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

उसका लागि नीतिश राणा र राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे ।

राणाले ५६ बलमा चार छक्का र ९ चौकासहित ८० र त्रिपाठीले २९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५३ रन बनाए ।

त्यस्तै, विकेटकीपर दिनेश कार्तिकले पनि आक्रामक पारी खेले । उनले ९ बलमा दुई चौका र एक छक्कासहित २२ रनको योगदान दिए ।

बलिङमा राशिद खानले किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर २४ रन मात्र खर्चिए ।

त्यस्तै, मोहम्मद नाबीले दुई भुवनेश्वर कुमार र टी नटराजनले एक/एक विकेट लिए ।

हालसम्म केकेआर र हैदराबादबीच १९ खेलमा भेट भएको छ । जसमा केकेआरले १२ र हैदराबादले सात खेलमा जित हासिल गरेको छ ।

गत सिजनमा दुवै खेलमा केकेआरले हैदराबादलाई हराएको थियो ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, मोहम्मद नाबी, अब्दुल समद,राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र टी नटराजन ।

Loading...