IPL : हैदराबादविरुद्ध केकेआरको रोमाञ्चक जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) १० रनले विजयी भएको छ ।

योजितसँगै केकेआर आईपीएलमा १ सयौँ म्याच जित्ने तेस्रो टिम बनेको छ ।

यसअघि आईपीएलमा मुम्बई इण्डियन्सले १२० र सीएसकेले १०६ खेलमा जित हासिल गरेका छन् ।

गएराति भएको खेलमा केकेआरले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

उसका लागि मनिष पाण्डेले अविजित ६१, जोनि बेयरिस्टोले ५५, अब्दुल समदले अविजित १९, मोहम्मद नाबीले १४ र विजय शंकरले ११ रन बनाए ।

बलिङमा प्रशिद्ध कृष्णा, शाकिवअल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

उसका लागि नीतिश राणा र राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे ।

राणाले ५६ बलमा चार छक्का र ९ चौकासहित ८० र त्रिपाठीले २९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५३ रन बनाए ।

त्यस्तै, विकेटकीपर दिनेश कार्तिकले पनि आक्रामक पारी खेले । उनले ९ बलमा दुई चौका र एक छक्कासहित २२ रनको योगदान दिए ।

बलिङमा राशिद खानले किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर २४ रन मात्र खर्चिए ।

त्यस्तै, मोहम्मद नाबीले दुई भुवनेश्वर कुमार र टी नटराजनले एक/एक विकेट लिए ।

Loading...