राजस्थान भर्सेस पञ्जाब : यस्तो छ दुवै टोलीको सम्भावित-११

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा आज राजस्थान रोयल्स र पञ्जाब किंग खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुनेछ ।

गत सिजनमा राजस्थान अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।

पञ्जाबले अन्तिमतिर राम्रो प्रदर्शन गरे पनि आईपीएल २०२० मा प्लेअफमा स्थान बनाउन सकेको थिएन ।

हालसम्म राजस्थानले एक पटक आईपीएल उपाधि जितेको छ । उसले सन् २००८ मा उपाधि हात पारेको थियो । त्यसयता भने राजस्थानले आईपीएल ट्रफी उचाल्न सकेको छैन ।

पञ्जाब किंगले भने हालसम्म एक पटक पनि उपाधि हात पार्न सकेको छैन । पञ्जाबमा यो पटक पनि टिम केएल राहुल नै छन् ।

राजस्थानले भने कप्तान परिवर्तन गरेको छ । उसले स्टिभ स्मिथलाई रिलिज गर्दै सञ्जु सामसनलाई कप्तान बनाएको छ ।

पछिल्लो पाँच म्याचमा राजस्थानले पञ्जाबलाई तीन म्याचमा हराएको छ । गत सिजनमा भने पञ्जाबविरुद्ध राजस्थान दुवै खेलमा पराजित भएको थियो ।

राजस्थानको सम्भावित प्लेइङ-११ : बेन स्टोक्स, यशस्वी जैसवाल/मनन बोहरा, सञ्जु सामसन (कप्तान), जोस बटलर (विकेटकीपर), रियान पराग, शिवम दुबे, क्रिस मोरिस, राहुल तेवटिया, श्रेयस गोपाल, एन्ड्र्यू टाय र कार्तिक त्यागी/जयदेव उनादकट ।

पञ्जाबको सम्भावित प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरन, मोइसेस हेनरिक्स, शाहरुख खान, जलज सक्सेना, रिले मेरिडीथ, मुर्गन अश्विन/रवि बिश्नोई, अर्शदीप सिंह र मोहम्मद शामी ।

Loading...