भारतमा ‘ए’ डिभिजन लिग : तेस्रो खेलमा पनि नेपाल पुलिसको राम्रो सुरुवात

काठमाडौं- भारतको सिक्किममा जारी कञ्चनजंघा सिल्ड ‘ए’ डिभिजन लिगअन्तर्गत गेइजिङ तथा जिल्ला क्रिकेट कल्याण संघविरुद्धको खेलमा नेपाल पुलिस क्लबले राम्रो सुरुवात गरेको छ ।

उसले २१ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १ सय ४२ रन बनाएको छ ।

पुलिस क्लबका दिलिप नाथ १२, कप्तान अनिलकुमार साह १३ रनर शंकर राना ६५ रन बनाएर  आउट भएका छन् ।

ओपनर रानाले आज ६६ बलमा ८ चौका र दुई छक्कासहित ६५ रनको पारी खेले । 

त्यस्तै, योगेन्द्रसिंह कार्की २८ बलमा ३१ रन बनाएर खेलिरहेका छन् ।

यसअघि खेलेका दुई म्याचमा नेपाल पुलिस क्लबले जित हासिल गरिसकेको छ ।

उसले पहिलो खेलमा व्हाइट कोन्चलाई १० विकेट र दोस्रो म्याचमा रोयल नर्थन ब्रदर्सलाई ९ विकेटले हराएको थियो ।

यो एकदिवसीय प्रतियोगितामा १० वटा टिमले भाग लिएका छन् ।

त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लब हुन् भने नेपालबाट नेपाल पुलिस क्लब सहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रूपमा लिगमा सहभागी छन् ।

Loading...