राजस्थान भर्सेस पञ्जाब : आधा दर्जन खेलाडीले गरे डेब्यू

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा पञ्जाब किंगविरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुँदैछ ।

आज पञ्जाबका तीन र राजस्थानका चार खेलाडीले डेब्यू गरेका छन् । पञ्जाबबाट साहरुख खान, झय रिचडर्सन, रिली मेरिडीथले आईपीएलमा डेब्यू गरेका हुन् ।

त्यस्तै, राजस्थानबाट मुस्तफिजुर रहमान, मनन बोहरा, शिवम् दुबे र चेतन सकरियाले राजस्थानका लागि डेब्यू गरेका छन् ।

चेतनबाहेक अन्य खेलाडीले आईपीएलमा भने विभिन्न टिमबाट यसअघि नै डेब्यू गरिसकेका छन् ।

गत सिजनमा राजस्थान अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।

पञ्जाबले अन्तिमतिर राम्रो प्रदर्शन गरे पनि आईपीएल २०२० मा प्लेअफमा स्थान बनाउन सकेको थिएन ।

हालसम्म राजस्थानले एक पटक आईपीएल उपाधि जितेको छ । उसले सन् २००८ मा उपाधि हात पारेको थियो । त्यसयता भने राजस्थानले आईपीएल ट्रफी उचाल्न सकेको छैन ।

पञ्जाब किंगले भने हालसम्म एक पटक पनि उपाधि हात पार्न सकेको छैन । पञ्जाबमा यो पटक पनि टिम केएल राहुल नै छन् ।

राजस्थानले भने कप्तान परिवर्तन गरेको छ । उसले स्टिभ स्मिथलाई रिलिज गर्दै सञ्जु सामसनलाई कप्तान बनाएको छ ।

पछिल्लो पाँच म्याचमा राजस्थानले पञ्जाबलाई तीन म्याचमा हराएको छ । गत सिजनमा भने पञ्जाबविरुद्ध राजस्थान दुवै खेलमा पराजित भएको थियो ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल, निकोलश पूरन, दीपक हूडा, साहरुख खान, झय रिचर्डसन, मुर्गन अश्विन, मोहम्मद शामी, रिली मेरिडीथ र अर्शदीप सिंह ।

राजस्थानको प्लेइङ-११ : मनन बोहरा, बेन स्टोक्स, सञ्जु स्यामसन (कप्तान), जोश बटलर, शिवमम् दुबे, रियान पराग, राहुल तेवटिया, क्रिस मोरिस, श्रेयस गोपाल, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

Loading...