पञ्जाबले दियो विशाल लक्ष्य, यी २ ब्याट्सम्यानले गरे छक्काको वर्षा

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई २ सय २२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनायो ।

उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धशतकीय पार राहुलले ५० बलमा सात चौका र पाँच छक्काको मद्दतमा ९१ र हूडाले २८ बलमा ६ छक्का र चार चौकासहित ६४ रन बनाए ।

त्यस्तै, क्रिस गेलले ४० र मयंक अग्रवालले १४ रनको योगदान दिए । बलिङमा चेतन सकारियाले तीन, क्रिस मोरिसले दुई र रियान परागले एक विकेट लिए ।

आज पञ्जाबका तीन र राजस्थानका चार खेलाडीले डेब्यू गरेका छन् । पञ्जाबबाट साहरुख खान, झय रिचडर्सन र रिली मेरिडीथले आईपीएलमा डेब्यू गरेका हुन् ।

त्यस्तै, राजस्थानबाट मुस्तफिजुर रहमान, मनन बोहरा, शिवम् दुबे र चेतन सकरियाले राजस्थानका लागि डेब्यू गरेका छन् ।

चेतनबाहेक अन्य सबै खेलाडीले आईपीएलमा भने विभिन्न टिमबाट यसअघि नै डेब्यू गरिसकेका छन् ।

गत सिजनमा राजस्थान अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।

पञ्जाबले अन्तिमतिर राम्रो प्रदर्शन गरे पनि आईपीएल २०२० मा प्लेअफमा स्थान बनाउन सकेको थिएन ।

हालसम्म राजस्थानले एक पटक आईपीएल उपाधि जितेको छ । उसले सन् २००८ मा उपाधि हात पारेको थियो । त्यसयता भने राजस्थानले आईपीएल ट्रफी उचाल्न सकेको छैन ।

पञ्जाब किंगले भने हालसम्म एक पटक पनि उपाधि हात पार्न सकेको छैन । पञ्जाबमा यो पटक पनि टिम केएल राहुल नै छन् ।

राजस्थानले भने कप्तान परिवर्तन गरेको छ । उसले स्टिभ स्मिथलाई रिलिज गर्दै सञ्जु सामसनलाई कप्तान बनाएको छ ।

पछिल्लो पाँच म्याचमा राजस्थानले पञ्जाबलाई तीन म्याचमा हराएको छ । गत सिजनमा भने पञ्जाबविरुद्ध राजस्थान दुवै खेलमा पराजित भएको थियो ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, निकोलश पूरन (विकेटकीपर), दीपक हूडा, साहरुख खान, झय रिचर्डसन, मुर्गन अश्विन, मोहम्मद शामी, रिली मेरिडीथ र अर्शदीप सिंह ।

राजस्थानको प्लेइङ-११ : मनन बोहरा, बेन स्टोक्स, सञ्जु स्यामसन (कप्तान), जोश बटलर, शिवमम् दुबे, रियान पराग, राहुल तेवटिया, क्रिस मोरिस, श्रेयस गोपाल, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

Loading...