झिनो रन अन्तरले हार्‍यो राजस्थान, सञ्जुले बनाए नयाँ कीर्तिमान

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्स चार रनले पराजित भएको छ ।

पञ्जाबले दिएको २ सय २२ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले शतकीय पारी खेले । उनले ६३ बलमा सात छक्का र १२ चौकासहित ११९ रन बनाए ।

योसँगै सञ्जुले आईपीएलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी अब डेब्यू कप्तानी म्याचमा ठूलो पारी खेल्ने पहिलो कप्तान बनेका छन् ।

त्यस्तै, रियान पराग, जोश बटलरले २५/२५, शिवम् दुबेले २३ र मनन बोहराले १२ रनको योगदान दिए ।

बलिङमा अर्शदीप सिंहले तीन, मोहम्मद शामीले दुई, रिले मेरिडीथ र चय रिचडर्सनले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनायो ।

उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धशतकीय पार राहुलले ५० बलमा सात चौका र पाँच छक्काको मद्दतमा ९१ र हूडाले २८ बलमा ६ छक्का र चार चौकासहित ६४ रन बनाए ।

त्यस्तै, क्रिस गेलले ४० र मयंक अग्रवालले १४ रनको योगदान दिए ।

बलिङमा चेतन सकारियाले तीन, क्रिस मोरिसले दुई र रियान परागले एक विकेट लिए ।

Loading...