केकेआर र मुम्बई खेल्दै आज, यस्तो हुन सक्छ दुवैको प्लेइङ-११

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् ।

यी दुई टोलीबीचको म्याच नेपाली समयअनुसार साँझ ७:४५ बजे चेन्नईमा सुरु हुनेछ ।

जारी सिजनमा केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

यता मुम्बई इण्डियन्स भने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पराजित भएको थियो ।

पछिल्लो पाँच खेलमा मुम्बईविरुद्ध केकेआरले एक खेलमा मात्र जित हासिल गरेको छ ।

केकेआर सम्भावित प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती ।

मुम्बई सम्भावित प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक/क्रिस लिन, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, क्रुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।

Loading...