भारतमा चम्किँदै सुनिल धमला, चौकाको वर्षा गर्दै पूरा गरे अर्धशतक

काठमाडौं- भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड डिभिजन ‘ए’ लिग खेलअन्तर्गत सिक्किम शसस्त्र पुलिस (एसएपी)विरुद्ध नेपाल पुलिस क्लबका ओपनर सुनिल धमलाले अर्धशतक पूरा गरेका छन् ।

उनले ६७ बलमा ८ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले यो समाचार तयार पार्दासम्म २२ ओभरमा दुई विकेट गुमाएर १ सय ४ रन बनाएको छ ।

पुलिसले यो अवस्थासम्म शंकर रानालाई १९ र अमित श्रेष्ठलाई एक रनमा गुमाएको छ ।

नेपाल पुलिस क्लबले यसअघि खेलेका तीन म्याचमा लगातार जित हासिल गरेको छ । यसअघि पुलिस क्लबले जीडीसीडब्लूएलाई २४९, व्हाइट कोन्चलाई १० विकेट र रोयल नर्थन ब्रदर्सलाई ९ विकेटले हराएको थियो ।

यो एकदिवसीय प्रतियोगितामा १० वटा टिमले भाग लिएका छन् ।

त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लब हुन् भने नेपालबाट नेपाल पुलिस क्लबसहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रूपमा लिगमा सहभागी छन् ।

Loading...