भारतमा नेपाल पुलिसको उत्कृष्ट प्रदर्शन, दुई ब्याट्सम्यानले बनाए शतक

काठमाडौं  : भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड डिभिजन ‘ए’ लिगमा नेपाल पुलिस क्लबले सिक्किम शसस्त्र पुलिस (एसएपी)लाई ३ सय ५० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४९ रन रन बनायो । उसका लागि सुनिल धमला र अनिलकुमार साहले शतकीय पारी खेले ।

सुनिलले १३० बलमा १० चौका र तीन छक्काको १११ रन बनाए । अनिलले ८० बलमा दुई छक्का र ९ चौका हिर्काउँदै १०२ रनको पारी खेले ।

त्यस्तै, कप्तान मञ्जित श्रेष्ठले अविजित ३५, राशिद खानले नटआउट २८, शंकर रानाले १९, दिलिप नाथले १७, सिद्धान्त लोहनीले ११ रनको योगदान दिए ।

बलिङमा मेन्डपले सर्वाधिक तीन विकेट लिए ।

नेपाल पुलिस क्लबले यसअघि खेलेका तीन म्याचमा लगातार जित हासिल गरेको छ ।

यसअघि पुलिस क्लबले जीडीसीडब्लूएलाई २४९, व्हाइट कोन्चलाई १० विकेट र रोयल नर्थन ब्रदर्सलाई ९ विकेटले हराएको थियो ।

यो एकदिवसीय प्रतियोगितामा १० वटा टिमले भाग लिएका छन् ।

त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लब हुन् भने नेपालबाट नेपाल पुलिस क्लबसहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रूपमा लिगमा सहभागी छन् ।

Loading...