१ सय ५२ रनमै समेटियो मुम्बई, रसेलले गरे करियरकै उत्कृष्ट बलिङ

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको पाँचौ म्याचमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनायो ।

उसका लागि सूर्यकुमार यादवले ३६ बलमा सात चौका र दुई छक्कासहित ५६ रन बनाए ।

त्यस्तै, कप्तान रोहित शर्माले ४३, हार्दिक पाण्ड्या र कृणाल पाण्ड्याले १५/१५ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई ओभरमा १५ रन दिएर ५ विकेट लिए ।

आईपीएल करियरमा उनको यो उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसअघि आईपीएलमा आन्द्रेको उच्च बलिङ प्रदर्शन २० रन दिएर ४ विकेट लिनु थियो ।

त्यस्तै, प्याट कमिन्सले दुई, प्रशिद्ध कृष्णा, शाकिवहल हसन र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

Loading...