आज आरसीबी र हैदराबादबीच टक्कर, यस्तो हुन सक्छ दुवैको सम्भावित-११

काठमाडौं- १४औँ सिजनको आईपीएलको छैटौँ म्याच आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।

जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ । हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो ।

यो पटक पनि आरसीबीमा विराट कोहली र हैदराबादमा डेविड वार्नर कप्तान छन् ।

यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ ।

यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ ।

आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन ।

आरसीबीको सम्भावित प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, मोहम्मद नाबी/जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र टी नटराजन ।

Loading...