यी ३ मुख्य कारण : जसले गर्दा मुम्बईसँग केकेआर पराजित भयो

काठमाडौं- १४ औँ संस्करणको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध १० रनले पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा मुम्बईले दिएको १ सय ५४ रनको लक्ष्य पनि केकेआरले पूरा गर्न सकेन ।

१. मध्यक्रमका ब्याट्सम्यान फ्लप र खराब अन्त्य : केकेआर मुम्बईविरुद्ध हार्नुको कारण खराब अन्त्य र मध्यक्रम फ्लप पनि हो ।

उसले अन्तिम पाँच ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएर २० रन मात्र जोड्न सक्यो ।

दोस्रो खेलमा केकेआरका मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् ।

मुम्बईविरुद्ध राहुल त्रिपाठी पाँच, कप्तान इयोन मोर्गन ७, शाकिवअल हसन ९, दिनेश कार्तिक ८ र आन्द्रे रसेलले ९ रन मात्र बनाउन सके ।

कुनै पनि मध्यक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ्स खेल्न नसक्दा केकेआर पराजित हुन पुग्यो ।

३. राहुल र बोल्टको उत्कृष्ट बलिङ : केकेआर हारको कारण स्पिनर राहुल चाहर र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङ पनि हो ।

राहुलले चार ओभरमा महत्वपूर्ण चार विकेट लिएर २७ रन खर्चिए ।

उनले नीतिश राणा, शुभमन गिल, राहुल त्रिपाठी र इयोन मोर्गन जस्ता विस्फोटक ब्याट्सम्यानको विकेट लिए ।

त्यस्तै, बोल्टले चार ओभरमा २७ रन खर्चदै महत्वपूर्ण दुई विकेट लिए । उनले प्याट कमिन्स र आन्द्रे रसेलको विकेट लिए ।

अन्तिम ओभरमा केकेआरलाई जितका लागि १५ रन चाहिएको थियो । तर, यो ओभरमो बोल्टले दुई विकेट लिएर चार रन मात्र खर्चिए ।

३. ब्याटिङमा रसेल नचल्नु : आन्द्रे रसेललाई विस्फोटक ब्याट्सम्यानका रूपमा चिनिन्छ छ । तर, उनी मुम्बईविरुद्ध भने निकै शान्त रहे ।

रसेलले मुम्बईसँगको खेलमा १५ बलको सामना गर्दा केवल ९ रन मात्र जोड्न सके । त्यसक्रममा उनले एक चौका मात्र हिर्काएका थिए ।

रसेलले बलिङमार्फत ५ विकेट लिए पनि ब्याटिङमा खराब प्रदर्शन गर्दा पनि केकेआर पराजित हुन पुग्यो ।

Loading...