त्रिकोणात्मक सिरिज खेल्ने नेपालको टिम घोषणा, दुई खेलाडीले पहिलो पटक पाए मौका

काठमाडौं- नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित टोलीमा आशिफ शेख र साहब आलमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

यी टिमबीचको त्रिकोणात्मक टी-२० सिरिज यही ४ वैशाखदेखि सुरू हुँदैछ । यो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

सिरिजका लागि पाहुना टोली नेदरल्याण्ड्स र मलेसिया नेपाल पुगिसकेका छन् । यो सिरिजमा नेपालको लक्ष्य राम्रो क्रिकेट खेल्दै सिरिज आफ्नो पक्षमा पार्ने हुनेछ । यद्यपि, नेपाललाई सिरिज जित्न धेरै सहज भने हुने छैन ।

सिरिजका लागि नेपाल र नेदरल्याण्ड्सबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

पछिल्लो समय मलेसिया पनि राम्रो प्रदर्शन गरिरहेको भए पनि तुलानात्मक रूपमा नेपाल र नेदरल्याण्ड्सभन्दा ऊ कमजोर देखिन्छ ।

नेपालको टोली । सूची :

Loading...