स्टोक्सको औँला भाँच्चियो, आईपीएलका बाँकी म्याच गुमाउने

काठमाडौं- इंग्ल्याण्ड क्रिकेट टोलीका अलराउन्डर बेन स्टोक्स घाइते भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको प्रतिनिधित्व गरेका स्टोक्सको औँला भाँचेको छ ।

राजस्थान रोयल्सको पहिलो खेलमा स्टोक्स ‘क्याच’ लिन खोज्दा घाइते भएका थिए ।

पञ्जाबविरुद्धको उक्त खेलमा राजस्थान चार रनले हार ब्यहोरेको थियो ।

राजस्थानले एक वक्तव्य जारी गरी उपचारको क्रममा उनलाई आईपीएलका बाँकीको खेलमा सहभागी हुन नसक्ने स्थितिमा पुगेको उल्लेख गरेको छ ।

छिट्टै नै स्टोक्सको स्थान लिने सम्भावित खेलाडीको नाम टुंगो लाग्ने राजस्थानले जनाएको छ ।

Loading...