राजस्थान भर्सेस दिल्ली : यस्तो हुन सक्छ दुवै टोलीको प्लेइङ-११

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको सातौँ खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरू हुनेछ ।

जारी प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई हराउँदै दिल्लीले उत्कृष्ट सुरुवात गरेको छ । आजको खेलमा पनि दिल्ली सोही लय देहोर्‍याउन चाहन्छ ।

राजस्थान भने पहिलो खेलमा पञ्जाब किंग्सविरुद्ध चार रनले पराजित भएको थियो ।

पहिलो खेलमा हारको सामना गरेको राजस्थान उत्कृष्ट ‘कमब्याक’ गर्न चाहन्छ । दिल्ली र राजस्थानमा यो पटक युवा कप्तान छन् ।

दिल्लीमा ऋषभ पन्त र राजस्थानमा सञ्जु सामसन कप्तान छन् । उनीहरूले पहिलो पटक आईपीएलमा कप्तानी गरिरहेका हुन् ।

पछिल्लो पाँच खेलमा दिल्लीविरुद्ध राजस्थानले जित हासिल गर्न सकेको छैन । गत सिजनका दुवै खेलमा दिल्लीसँग राजस्थान पराजित भएको थियो ।

राजस्थानको सम्भावित-११ : जोस बटलर, मनन बोहरा, सञ्जु सामसन (कप्तान/विकेटकीपर), लियाम लिभिङस्टोन, शिवम दुबे, रियान पराग, क्रिस मोरिस, राहुल तेवाटिया, श्रेयस गोपाल, चेतन सकरिया र एन्ड्र्यू टाय/मुस्तफिजुर रहमान ।

दिल्लीको सम्भावित-११ : पृथ्वी शा, शिखर धवन, अजिंक्य रहाणे, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स, रविचन्द्रन आश्विन, टम करन, अमित मिश्रा र आवेश खान ।

Loading...