सन्दीपलाई इतिहास रच्ने अवसर

काठमाडौं- यही वैशाख ४ गतेदेखि नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियासँग टी-२० सिरिज खेल्दैछ ।

यो सिरिजमा नेपाली खेलाडीलाई विभिन्न कीर्तिमान आफ्नो नाममा बनाउने मौका छ ।

हालसम्म नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान करण केसीको नाममा छ । उनले २८ म्याचमा ७.५४ को इकोनमीमा सर्वाधिक ३७ विकेट लिएका छन् ।

करण पनि यो सिरिजका लागि टिममा छनोट भइसकेका छन् । उनले यो सिरिजमा आफ्नो कीर्तिमान कायमै राख्ने मौका छ ।

करणलाई पछ्याइरहेका स्पिनर सन्दीप लामिछाने उनको कीर्तिमान भंग पनि गर्ने सम्भावना छ । अहिलेसम्म सन्दीप ३४ विकेटका साथ यो सूचीको दोस्रो स्थानमा छन् ।

यदि उनले पहिलो म्याचमै चार विकेट लिए करणको कीर्तिमान भंग गर्नेछन् । यद्यपि करणको कीर्तिमान भंग गर्न सन्दीपलाई सजिलो छैन ।

किनकी करण पनि टी-२० मा नेपालका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालका लागि टी-० मा सर्वाधिक विकेट लिने सूचीको तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः सोमपाल कामी (२६), बसन्त रेग्मी (२६) र अविनाश बोहरा (२०) छन् ।

फाइल तस्बिर

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल ४ वैशाखमा नेदरल्याण्ड्सको सामना गर्नेछ । सिरिजका लागि नेदरल्याण्ड्स र मलेसियाको टिम काठमाडौं पुगिसकेको छ ।

साथै, यो सिरिजका लागि नेपालले बुधबार १४ सदस्यीय टोली पनि घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख र शाहव आलमले पहिलो पटक मौका पाएका छन् ।

नेपालको टोली :

१. ज्ञानेन्द्र मल्ल (कप्तान)

२. दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

३. पारस खड्का

४. विनोद भण्डारी (विकेटकीपर)

५. सोमपाल कामी

६. करण केसी

७. सन्दीप लामिछाने

८. अविनाश बोहरा

९. आरिफ शेख

१०. आशिफ शेख

११. कुशल भूर्तेल

१२. कुशल मल्ल

१३. साहब आलम

१४. कमलसिंह ऐरी

१५. सुशन भारी

Loading...