दिल्ली भर्सेस राजस्थान : प्लेइङ-११ मा दुई/दुई खेलाडी परिवर्तन

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको सातौँ खेलअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरू हुँदैछ । राजस्थानले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ ।

उसले बेन स्टोक्सको स्थानमा डेविड मिलर र श्रेयस गोपालको स्थानमा जयदेव उनादकटलाई अवसर दिएको छ ।

दिल्लीले पनि प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले शिमरन हेटमायर र अमित मिश्रालाई विश्राम दिँदै कागिसो रबाडा र ललित यादवलाई मौका दिएको छ ।

जारी प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई हराउँदै दिल्लीले उत्कृष्ट सुरुवात गरेको छ । आजको खेलमा पनि दिल्ली सोही लय देहोर्‍याउन चाहन्छ ।

राजस्थान भने पहिलो खेलमा पञ्जाब किंग्सविरुद्ध चार रनले पराजित भएको थियो ।

पहिलो खेलमा हारको सामना गरेको राजस्थान उत्कृष्ट ‘कमब्याक’ गर्न चाहन्छ । दिल्ली र राजस्थानमा यो पटक युवा कप्तान छन् ।

दिल्लीमा ऋषभ पन्त र राजस्थानमा सञ्जु सामसन कप्तान छन् । उनीहरूले पहिलो पटक आईपीएलमा कप्तानी गरिरहेका हुन् ।

पछिल्लो पाँच खेलमा दिल्लीविरुद्ध राजस्थानले जित हासिल गर्न सकेको छैन । गत सिजनका दुवै खेलमा दिल्लीसँग राजस्थान पराजित भएको थियो ।

राजस्थानको-११ : जोस बटलर, मनन बोहरा, सञ्जु सामसन (कप्तान/विकेटकीपर), डेविड मिलर, शिवम दुबे, रियान पराग, क्रिस मोरिस, राहुल तेवाटिया, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान ।

दिल्लीको-११ : पृथ्वी शा, शिखर धवन, अजिंक्य रहाणे, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, क्रिस वोक्स, रविचन्द्रन आश्विन, टम करन, कागिसो रबाडा, ललित र आवेश खान ।

Loading...