पञ्जाब भर्सेस चेन्नई : यस्तो छ दुवैको सम्भावित प्लेइङ-११

काठमाडौं- १४औँ सिजनको आईपीएलको आठौँ म्याचमा आज चेन्नई सुपर किंग्स (सीएसके) र पञ्जाब किंग्स खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुनेछ ।

जारी सिजनमा दुवै टिमले एकएक म्याच खेलिसकेका छन् । पहिलो खेलमा सीएसके दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।

पञ्जाबले भने पहिलो म्याचमा राजस्थान रोयल्सलाई चार रनले हराएको थियो ।

पछिल्लो पाँच म्याचमा पञ्जाबले सीएसकेलाई एक खेलमा मात्र हराउन सकेको छ । यो पटक पनि पञ्जाबमा केएल राहुल र सीएसकेमा महेन्द्रसिंह धोनी कप्तान छन् ।

पञ्जाबको सम्भावित प्लेइङ-११ : केएल राहुल (कप्तान/विकेटकीपर), मयंक अग्रवाल, क्रिस गेल, दीपक हूडा, निकोलस पूरन, शाहरुख खान, क्रिस जोर्डन, झय रिचर्डसन, रवि बिश्नोई, मोहम्मद शमी र अर्शदीप सिंह ।

चेन्नईको सम्भावित प्लेइङ- ११ : ऋतुराज गायकवाड, फाफ डु प्लेसिस, मोइन अली, सुरेश रैना, अम्बाती रायडू, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), साम करन, ड्वेन ब्रावो, शार्दुल ठाकुर र दीपक चाहर ।

Loading...