नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल १ः१५ बजेपछि त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ । नेपाल टिमबाट आज आशिफ शेख र साहब आलमले डेब्यू गरेका छन् ।

नेपालले लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले अन्तिम पटक ४ मार्च २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

कोरोना महामारीका कारण नेपालले यो बीचमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएन । नेपालले डेभ वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्दैछ ।

घरेलु मैदानमा हुने यो सिरिजमा नेपाली खेलाडीलाई राम्रो क्रिकेट खेल्ने मौका छ । चोटका कारण टिमका महत्वपूर्ण सदस्य पारस खड्काले सिरिज गुमाउने भएपछि नेपाली टिम केही कमजोर देखिएको छ ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल र साहब आलम ।

Loading...