नेदरल्याण्ड्सद्वारा नेपाललाई मध्यम लक्ष्य, सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं- आजदेखि काठमाडौंमा सुरू भएको टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पाहुना टोली नेदरल्याण्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस हारेर ब्याटिङको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए ।

उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए ।

नेपाल टिमबाट आज आशिफ शेख, कुशल भुर्तेल र साहब आलमले डेब्यू गरेका छन् ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल र साहब आलम ।

Loading...