हैदराबादलाई हराउँदै शीर्षमा उक्लियो मुम्बई, यस्तो छ अन्य टिमको स्थान

काठमाडौं- भारतमा जारी १४औँ संस्करणको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध मुम्बई इण्डियन्स १३ रनले विजयी भएको छ ।

जारी प्रतियोगितामा मुम्बईको यो लगातार दोस्रो जित हो ।

उसले दोस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)लाई हराएको थियो । पहिलो खेलमा भने मुम्बई रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पराजित भएको थियो ।

गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

उसका लागि जोनि बेयरिस्टोले ४३, कप्तान डेविड वार्नरले ३६, विजय शंकरले २८ र विराट सिंहले ११ रन बनाए । बाँकी ब्याटसम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा राहुल चाहर, ट्रेन्ट बोल्टले तीन/तीन, कृणाल पाण्ड्या र जसप्रीत बुमराहले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो ।

उसका लागि क्विन्टन डिककले ४०, किरण पोलार्डले अविजित ३५, कप्तान रोहित शर्माले ३०, इशान किशनले १२ र सूर्यकुमार यादवले १० रन बनाए ।

बलिङमा विजय शंकर, मुजीबउर रहमानले दुई/दुई र खलिल अहमदले एक विकेट लिए ।

जारी प्रतियोगितामा हैदराबादको यो लगातार तेस्रो हार हो । यसअघि हैदराबादले केकेआर र आरसीबीविरुद्ध हारको सामना गरिसकेको छ ।

मुम्बईको दोस्रो जितसँगै यस्तो बन्यो अंक तालिका : 

Loading...