केकेआर र आरसीबीको भिडन्त आज, यस्तो दुवै टोलीको सम्भावित-११

काठमाडौं- भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज हुने पहिलो खेलमा रायल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।

जारी सिजनमा दुवै टिमले दुई/दुई म्याच खेलिसकेका छन् । जसमा आरसीबीले दुवै खेलमा जित हासिल गर्दा केकेआरले एकमा जित र एक खेलमा हारको सामना गरेको छ ।

यो पटक पनि आरसीबीमा विराट कोहली र केकेआरमा इयोन मोर्गन कप्तान छन् । यी दुई टिमबीचको पछिल्लो पाँच म्याचको कुरा गर्दा आरसीबी बलियो देखिन्छ । उसले पाँच म्याचमध्ये तीन खेलमा जित हासिल गरेको छ ।

यद्यपि आईपीएल २०२० मा भने केकेआरविद्ध आरसीबी दुवै खेलमा पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

यी दुई टिमको खेल साँझ ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुनेछ ।

आरसीबीको सम्भावित-११ : विराट कोहली (कप्तान), वदत्त पाडिक्कल, शाहबाज अहमद, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), ड्यान क्रिश्चियन/डानियल साम्स, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

केकेआरको सम्भावित-११ : शुभमन गिल, नीतिश राणा, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिवअल हसन/सुनिल नारायण, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती ।

Loading...