आरसीबीको लगातार तेस्रो जित, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं  : भारतमा जारी १४औँ सिजनको आईपीएलको १०औँ म्याचमा कोलाकाता नाइट राइडर्स (केकेआर)विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ३८ रनले विजयी भएको छ ।

जारी सिजनमा आरसीबीको यो लगातार तेस्रो जित हो ।

आरसीबीले पहिलोमा मुम्बई इण्डियन्स र दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो । केकेआरको भने यो लगातार दोस्रो हार हो ।

केकेआरले पहिलो खेलमा हैदराबादलाई हराउँदा दोस्रो म्याचमा मुम्बईविरुद्ध हारको सामना गर्नुपर्‍यो ।

आफ्नो तेस्रो खेलमा आरसीबीले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

उसका लागि आन्द्रे रसेलले ३०, कप्तान इयोन मोर्गनले २९, शाकिवअल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१, नीतिश राणाले १८ रन बनाए ।

बलिङमा कायल जेमिसनले तीन, हर्षल पटेल, युजवेन्द्र चहलले दुई/दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।

उसका लागि ग्लेन म्याक्सेवल र एबी डिभिलियर्सले आक्रामक पारी खेले । म्याक्सवेलले ४९ बलमा ९ चौका र तीन छक्कासहित ७८ रन बनाए ।

जारी सिजनमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

त्यस्तै, डिभिलियर्सले ३४ बलमा ९ चौका र ४ छक्काको मद्दतमा अविजित ७६ रनको योगदान दिए । आईपीएल २०२१ मा उनको यो पहिलो अर्धशतक हो ।

देवदत्त पाडिक्कलले २५, कायल जेमिसनले अविजित ११ रन बनाउँदा कप्तान विराट कोहली पाँच र रजत पाटिदार एक रनमै आउट भए ।

बलिङमा वरुण चक्रवर्तीले दुई, प्याट कमिन्स र प्रशिद्ध कृष्णाले एक/एक विकेट लिए । आजको जितसँगै आरसीबी शीर्ष स्थानमा उक्लिएको छ ।

आरसीबीको तेस्रो जितसँगै यस्तो बन्यो अंक तालिका :

Loading...