मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, प्लेइङ-११ मा एक खेलाडी परिवर्तन

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल १ः१५ बजेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

नेपालले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरिएको छ । नेपालले आरिफ शेखलाई विश्राम दिँदै कुशल मल्ललाई मौका दिएको छ ।

पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । पहिलो खेलमै फराकिलो जित हासिल गरेको नेपाली टिममा आत्मविश्वास भरिएको छ ।

आइतबार भएको नेदरल्याण्ड्ससँगको खेलमा मलेसियाले पनि राम्रो क्रिकेट खेल्यो । बलिङ लाइन कमजोर देखिएको मलेसियाले ब्याटिङ भने राम्रो गर्‍यो ।

मलेसिया टिमका युवा ब्याट्सम्यान वीरन्दीप सिंहले नेदरल्याण्ड्सका बलरलाई अन्तिमसम्म दबाबमा राखे । उनले ५३ बलमा ६ छक्का र ६ चौकासहित ८७ रनको आक्रामक पारी खेले ।

उनी मलेसियाका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उत्कृष्ट लयमा रहेका सिंह नेपाली बलरलाई पनि दबाब दिन सक्छन् ।

नेपालको प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र साहब आलम ।

Loading...