दिल्लीविरुद्ध ब्याटिङ गर्दै मुम्बई, प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुँदैछ ।

मुम्बईले आज प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले एडम मिल्नेको स्थानमा जयन्त यादवलाई समावेश गरेको छ ।

दिल्लीले भने मुम्बईविरुद्ध प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले लुकमान मेरिवाला र क्रिस वोक्सको स्थानमा शिमरन हेटमायर र अमित मिश्रालाई मौका दिएको छ ।

जारी सिजनमा मुम्बई र दिल्लीले तीन/तीन म्याच खेलिसकेका छन् । दुवै टिमले दुई खेलमा जित हासिल गर्दा एकएक खेलमा हारको सामना गरेका छन् ।

गत सिजनमा मुम्बईविरुद्ध दिल्लीले तीन खेलमा प्रतिस्पर्धा गर्ने मौका पाएको थियो । आईपीएल २०२० मा मुम्बईविरुद्ध ती तीनै खेलमा पराजित भएको थियो ।

फाइनलमा मुम्बईविरुद्ध पाँच विकेटले पराजित भएपछि ट्रफी जित्ने दिल्लीको सपना पूरा हुन सकेन ।

जारी सिजनमा पनि यी दुवै टिमलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । मुम्बई-दिल्ली राम्रो लयमा पनि देखिएका छन् ।

यी दुई टिमबीचको म्याच आज रोमाञ्चक हुने अनुमान गरिएको छ ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, इशान किशन, सूर्यकुमार यादव, जयन्त यादव, क्रुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चाहर ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, स्टिभ स्मिथ, ऋषभ पन्त (कप्तानरविकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, रविचन्द्रन आश्विन, अमित मिश्रा, कागिसो रबाडा, ललित यादव र आवेश खान ।

Loading...