नेपाललाई दोहोरो झड्का, वरियतामा पनि एक स्थान खस्कियो

काठमाडौं- नेपाल क्रिकेट टिम आईसीसीको नयाँ टी-२० वरियतामा पुरानै स्थानमा खस्किएको छ । अर्थात् नेपाल १४ बाट १५औँ स्थानमा खस्किएको हो ।

आज नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएपछि नेपाली टिमलाई वरियतामा पनि घाटा लागेको हो ।

सोमबार मात्र नेपाल आईसीसीको टी २० वरियताको १४औँ स्थानमा उक्लिएको थियो । नेपाल १५ औँ स्थानमा खस्कदा स्कटल्याण्ड फेरि १४ औँ स्थानमा उक्लिएको छ ।

नयाँ टी-२० वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा कायमै छ । त्यस्तै, भारत, अष्ट्रेलिया, पाकिस्तान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

Loading...