कुशल टी-२० वरियतामा समावेश, पारसको स्थान खस्कियो

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी टी-२० वरियतामा समावेश भएका छन् ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी वरियतामा समावेश भएका हुन् ।

कुशलको यो डेब्यू सिरिज हो ।

उनले डेब्यू सिरिजमै उत्कृष्ट प्रदर्शन गरेर वरियतामा पनि स्थान बनाउन सफल भए । कुशल नयाँ वरियताको ९३औँ स्थानमा पर्न सफल भएका हुन् । उनको रेटिङ ३ सय ५९ रहेको छ ।

कुशलले नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक सिरिजको तीनै खेलमा लगातार तीन अर्धशतकीय पारी खेलेका छन् ।

लगातार उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा अहिले शिखरमा छ ।

नयाँ टी-२० वरियतामा पूर्वकप्तान पारस खड्का एक स्थान खस्किएका छन् । उनी ८२ बाट ८३औँ स्थानमा खस्किएका हुन् ।

नयाँ वरियतामा पारस ८३ औं स्थानमा छन । उनी एक स्थान तल झरेका छन् । अघिल्लो वरियतामा पारस ८२ औं स्थानमा थिए ।

टी-२० वरियताको शीर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान कायमै छन् । वरियताको दोस्रो स्थानमा पाकिस्तान टिमका कप्तान बाबर आजम उक्लिएका छन् ।

दक्षिण अफ्रिकासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

Loading...