हैदराबादिवरुद्ध १२० रनमै समेटियो पञ्जाब किंग्स

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत १४औँ म्याचमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई १ सय २१ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनायो ।

उसका लागि मयंक अग्रवाल, साहरुख खानले २२/२२, क्रिस गेलले १५, मोइसेस हेनरिक्सले १४ र दीपक हूडाले १३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा खलिल अहमदले तीन, अभिषेक शर्माले दुई, भुवनेश्वर कुमार, राशिद खान र सिद्धार्थ कौलले एकएक विकेट लिए ।

 

Loading...