पञ्जाबविरुद्ध हैदराबादको फराकिलो जित, बेयरिस्टोको उत्कृष्ट ब्याटिङ

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध सनराइजर्स हैदराबाद ९ विकेटले विजयी भएको छ ।

पञ्जाबले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १८.४ ओभरमा पूरा गर्‍यो ।

उसका लागि जोनि बेयरिस्टोले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा तीन चौका र तीन छक्कासहित नटआउट ६३ रन बनाए ।

त्यस्तै, डेविड वार्नरले ३७ र केन विलियम्सनले अविजित १६ रनको योगदान दिए ।

बलिङमा फाबियन आलेनले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनायो ।

उसका लागि मयंक अग्रवाल, साहरुख खानले २२/२२, क्रिस गेलले १५, मोइसेस हेनरिक्सले १४ र दीपक हूडाले १३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा खलिल अहमदले तीन, अभिषेक शर्माले दुई, भुवनेश्वर कुमार, राशिद खान र सिद्धार्थ कौलले एक/एक विकेट लिए ।

जारी सिजनमा हैदराबादको यो पहिलो जित हो । उसले यसअघि खेलेका तीन म्याचमा लगातार हारको सामना गरेको थियो ।

पञ्जाबले पनि चार म्याच खेल्दा एक म्याचमा मात्र जित हासिल गरेको छ ।

हैदराबादको पहिलो जितसँगै यस्तो बन्यो अंक तालिका :

Loading...