चेन्नईले दियो विशाल लक्ष्य, केकेआरलाई कीर्तिमान बनाउने मौका

काठमाडौं- १४औँ सिजनको आईपीएलको १४औँ म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)ले २ सय २१ रनको लक्ष्य दिएको छ ।

हालसम्म आईपीएलमा केकेआरले चेन्नईविरुद्ध २ सय २१ रनको लक्ष्य पूरा गर्न सकेको छैन । यदि आज सो लक्ष्य पूरा गन सके केकेआरले नयाँ कीर्तिमान बनाउने छ ।

टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २० रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ६० बलमा चार छक्का र नौ चौकाको मद्दतमा अविजित ९५ रनको योगदान दिए ।

त्यस्तै, ऋतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्रसिंह धोनीले १७ र रवीन्द्र जडेजाले नटआउट ६ रन बनाए ।

बलिङमा वरुण चक्रवर्ती, आन्द्रे रसेल र सुनिल नाराणले एक/एक विकेट लिए ।

केकेआरका महत्वपूर्ण बलर प्याट कमिन्स भने आज महँगा सावित भए । उनले चार ओभरमा बिनाविकेट ५८ रन दिए ।

कमिन्सलाई केकेआरले आईपीएल २०१९ को अक्सनबाट १५ करोड भारुमा टिममा अनुबन्ध गरेको थियो ।

जारी सिजनमा चेन्नईले तीन म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । केकेआरले भने तीन म्याचमा एक खेलमा मात्र जित हासिल गरेको छ ।

Loading...