कमिन्स र रसेलको आक्रामक ब्याटिङका बाबजुद केकेआर पराजित

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) १८ रनले पराजित भएको छ ।

चेन्नइले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको केकेआरले १९.१ ओभरमा सबै विकेट गुमाएर २ सय २ रन मात्र बनाउन सक्यो ।

उसका लागि प्याट कमिन्स र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

कमिन्सले ३४ बलमा ६ छक्का र चार चौकासहित अविजित ६६ र रसेलले २२ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५४ रन बनाए ।

त्यस्तै, दिनेश कार्तिक ४० रनमा आउट हुँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा दीपक चाहरले चार, लुंगी एनगिडीले तीन र साम करनले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २० रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ६० बलमा चार छक्का र नौ चौकाको मद्दतमा अविजित ९५ रनको योगदान दिए ।

त्यस्तै, ऋतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्रसिंह धोनीले १७ र रवीन्द्र जडेजाले नटआउट ६ रन बनाए ।

बलिङमा वरुण चक्रवर्ती, आन्द्रे रसेल र सुनिल नाराणले एक/एक विकेट लिए ।

केकेआरका महत्वपूर्ण बलर प्याट कमिन्स भने आज महँगा सावित भए । उनले चार ओभरमा बिनाविकेट ५८ रन दिए ।

कमिन्सलाई केकेआरले आईपीएल २०१९ को अक्सनबाट १५ करोड भारुमा टिममा अनुबन्ध गरेको थियो ।

आजको जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा तीन म्याचमा जित हासिल गरेको छ ।

अंक तालिका :

Loading...